Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


निर्वाचनमा उज्यालो नेपाल पार्टी पहिलो पार्टी बन्छ : अध्यक्ष घिसिङ


507
Shares

जितेन्द्र भण्डारी/पाँचथर ।
उज्यालो नेपाल पार्टीका केन्द्रिय अध्यक्ष कुलमान घिसिङले पार्टी अब आगामी फागुन २१ गते हुने निर्वाचनमा पहिलो पार्टी बन्ने दाबि गर्नुभएको छ ।
पाँचथरको फिदिममा मंगलबार पार्टीले आयोजना गरेको आम सभालाई सम्वोधन गर्दे उहाँले जनताको भरोसा योग्य उज्यालो नेपाल पार्टी मात्र रहेकोले यो पार्टी चुनावबाट पहिलो बन्ने दाबी गर्नुभएको हो ।

मुलुकमा लोडसेडिङ मुक्तको लागि आफूले जसरी काम गरियो त्यसैगरी देशका ठूला शहरहरुमा खानेपानी समस्या समाधानको लागि पनि आफूले सक्दो पहलकदमी अघि वढाउने बताउनुभयो ।

यस्तै पूर्वको प्रसिद्ध मुकुम्लुङ पाथिभरा मन्दिर जुन धार्मिक स्थलमा राज्यले त्यस समुदायका नागरिकको भावना बुझेर मात्रै अघि वढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

यस्तै मुलुकमा देखिएको खर्चलाई मितव्ययी ढंगबाट गर्नुपर्ने बताउँदै अव प्रतिनिधी सभाको संख्या २ सय ७५ बाट २ सय १ कायम गर्नुपर्ने,प्रदेशसभाको सदस्य संख्या पनि कटौती गरी ५ सय ५० बाट ३ सय ३० कायम गर्नका लागि प्रस्ताव गरिने उहाँको भनाई छ ।