Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


बागमतीसहित ६ प्रदेशमा आज दिउँसाेदेखि भारी वर्षा र हिमपात हुँदै


6.4k
Shares

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

मंगलबार बिहान कर्णाली प्रदेश लगायत देशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागिरहेकाे हाे । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ।

त्यस्तै, मंगलबार दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु लाग्ने भएकाे हाे। कोशी, बागमती, गण्डकी र बाँकी प्रदेशको हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ। साथै बाँकी पहाडी भू-भागमा भने आंशिक बादल लाग्ने भएकाे हाे । तराई भू-भागमा मौसम मुख्यतया सफा रहने भएकाे छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी-हिमाली भू-भागको केही स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।

त्यस्तै, मंगलबार राति भने तराई भू-भागका केही स्थानहरूमा तुँवालो लाग्ने भएकाे छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएकाे छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे।