काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
साेमबार बिहान हाल तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागेको हाे। कोशी प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागिरहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको हाे ।
त्यस्तै, सोमबार दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु लाग्ने भएकाे छ। देशको हिमाली भू-भागमा साधरणतया बादल लाग्ने भएकाे हाे। पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । तराई भू-भागमा मौसम मुख्यतया सफा रहने भएकाे हाे । देशको उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
त्यस्तै, साेमबार राति भने तराई भू-भागका केही स्थानहरूमा तुँवालो लाग्ने भएकाे हाे। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने भएकाे छ। साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएकाे हाे । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी-हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ।








प्रतिक्रिया दिनुहोस्