काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा आयोजन गर्न लागेको चुनावी सभा स्थगित गरेको छ।
यहि फागुन ९ गते भैरहवा र फागुन १० गते पोखरामा गर्न लागिएको चुनावी सभा स्थगित गरिएको पार्टीका एक नेताले बताएका हुन् । साेही स्थानका सभामा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साले सम्बोधन गर्ने कार्य तालिका थियो । तर विशेष कारणले ती दुवै स्थानको सभा हाललाई स्थगित गरिएको ती नेताले बताएका छन्।
बुधबार र बिहीबार रास्वपाले धनगढी र सुर्खेतको वीरेन्द्रनगरमा चुनावी सभा गरिसकेको छ। सुर्खेतको चुनावी सभामा सहभागी भएपछि रास्वपा वरिष्ठ नेता शाह बिरामी भएर काठमाडौं फर्कनुभएकाे भएकाे हाे । उता सभापति लामिछाने भने सुर्खेतबाट बाँके हुँदै दाङतिर चुनावी अभियान लिएर पुग्नुभएकाे थियाे । उहाँ बिहीबार राति दाङको तुलसीपुरमा पुग्नुभएकाे थियाे ।
सभापति लामिछानेको स्वागत गर्न बसेका रास्वपाका कार्यकर्ताहरूले नेकपा एमालेको झण्डा जलाएपछि तनाव भइरहहेको छ।






प्रतिक्रिया दिनुहोस्