काठमाडौं । नेपाली कांग्रेसले यहि फागुन १७ गते काठमाडौंमा चुनावी सभा गर्ने भएको छ ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले सभापति गगन थापा र उपसभापति एवं निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्मासहितका पदाधिकारीले सभामा सम्बोधन गर्ने बताउनुभएकाे हाे । साेही सभाको तयारीका लागि शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रवक्ता चालिसेसहित उपत्यकाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू र जिल्लाको नेतृत्व गर्ने नेताहरूले छलफल गरेका थिए ।
फागुन ६ गते जनकपुरको तिरहुतियामा मधेस सभा गर्दै चुनावी सभाको सुरुवात गरेको कांग्रेसले फागुन ७ गते काठमाडौंको राष्ट्रियसभामा सभापति थापासँग ‘हाम्रो प्रतिज्ञा, तपाईको प्रश्न’ विषयक अन्तर्क्रिया गरेको थियो । अन्य प्रदेशमा पनि ठुला चुनावी कार्यक्रम गर्ने तयारी भइरहेको र कहाँ कहिले गर्ने भन्ने शनिबार टुङ्गिने प्रवक्ता चालिसेले बताउनुभएकाे छ।






प्रतिक्रिया दिनुहोस्