Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


रूपन्देही-३ मा एमालेलाई सघाउने प्रलोपाकाे निर्णय


533
Shares

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले रुपन्देही-३ मा नेकपा एमालेका उम्मेदवार वासुदेव घिमिरेलाई सघाउने निर्णय गरेको छ ।

पार्टीका उम्मेदवार अनुशासनको कारबाहीमा परेकाले प्रलोपाले रुपन्देही-३ मा एमालेका उम्मेदवार घिमिरेलाई सघाउने निर्णय गरेको हो । पार्टीले प्रत्यक्षतर्फ एमालेका उम्मेदवार घिमिरेलाई सूर्य चिन्हमा मतदान गर्न आफ्‌ना नेता तथा कार्यकर्ता र शुभेच्छुकलाई अपिल गरेको छ । पार्टीका क्षेत्रीय इन्चार्ज तथा केन्द्रीय सदस्य रविना भण्डारी र केन्द्रीय सदस्य विमला बिकले संयुक्तरूपमा निर्णय सार्वजनिक गर्दै रुपन्देही-३ को चुनावी तालमेल सम्बन्धी औपचारिक जानकारी गराएका छन्। यसअघि प्रलोपाबाट यस क्षेत्रका उम्मेदवार रास्वपा प्रवेश गरेपछि प्रलोपाले कुनै निर्णय गरेको थिएन ।

यो समझदारीमा प्रलोपाका नेता वामदेव क्षेत्री र उम्मेदवार घिमिरेले सहमति अनुसार अघि बढ्ने जनाएका छन् । पार्टीका अनुसार कर्णाली प्रदेश तथा साविक राप्तीका केही स्थानमा समेत एमालेसँग चुनावी तालमेल भएको हाे । रूपन्देही-३ मा यसअघि जनता समाजवादी पार्टीका उम्मेदवारले एमालेका उम्मेदवार घिमिरेलाई सघाउने निर्णय गरेका थिए ।