Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


सुदूरपश्चिमसहित ३ प्रदेशमा वर्षा र हिमपात हुँदै


546
Shares

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

बुधबार बिहान तराई भू-भागका केही स्थानहरूमा तुवाँलो लागेको हाे । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी- हिमाली भू-भागमा आंशिक बादल लागेको छ। साथै बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे।

त्यस्तै, बुधबार दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु र कुहिरो लाग्ने भएकाे छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी-हिमाली भू-भागमा साधरणतया बादल लाग्ने भएकाे हाे । लुम्बिनी, सुदूरपश्चिम प्रदेशको तराई र बाँकी पहाडी-हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ।

साथै बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी-हिमाली भू-भागको केही स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।

त्यस्तै, बुधबार राति भने तराई भू-भागका केही स्थानहरूमा तुँवालो रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने भएकाे हाे। साथै बाँकी उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ। बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएकाे हाे ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका केही स्थानहरूमा हल्का वर्षा-हिमपात तथा पहाडी भू-भागको केही स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको महाशखाले जनाएकाे छ ।