काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सफल पार्न आह्वान गर्नुभएको छ ।
मंगलवार शेर्पा संघले आयोजना गरेको ग्याल्पो ल्होसार २१५३ औं) मे फो त ल्हो (नयाँ वर्ष) को शुभकामना दिनुहुँदै उहाँले निर्वाचन सफल बनाउन आह्वान गर्नुभएको हो । उहाँले सुशासनमार्फत समृद्धि आउने र समृ।
राष्ट्रपति पौडलले लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘सुशासनमार्फत समृद्धिबाट नै मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता अझ सुदृढ हुन्छ । त्यसैका लागी लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन नै हुने भएकोले फागुन २१ गतेको लागी तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई सफल पार्न आजको यस पावन् अवसरमा म सबैलाई आह्वान गर्दछु ।’ फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन सबै एक भएर लाग्नुपर्ने राष्ट्रपति पौडेलको भनाइ छ ।






प्रतिक्रिया दिनुहोस्