Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बाेलायाे


299
Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ ।

विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा गठन गरेको केन्द्रीय अनुशासन समितिको बैठक पहिलो बैठक यहि फगुन ८ गते शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बोलाएको हो । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बैठकको मुख्य एजेण्डा पार्टीका तर्फबाट मुलुकभरी बागी उम्मेदवार बनेकालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने रहेको जानकारी दिनुभयाे ।

मुख्यसचिव दुलालले देशैभरी कांग्रेसका ३ जनाले बागी उम्मेदवारी दिएकाे बताउनुभयाे । एक पटक अनुशासन समिति बैठक बसेर समय तोकेर आग्रह गर्ने त्यो समयमा उम्मेदवारी फर्तिा नगरे अर्को बैठक बसेर कारबाही गर्ने तयारी कांग्रेसको छ ।कांग्रेसबाट बागी उम्मेदवारी दिनेमा कपिलवस्तु-१ बाट आषिश शर्मासहित ३ जना रहेका पनि मुख्यसचिव दुलालले जानकारी दिन्भयाे ।