Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


निर्वाचनकाे मुखमा नेकपालाई धक्का

नेकपाका नुवाकाेटकाे दुप्चेश्वर-१ का वडाध्यक्ष तामाङ एमालेमा प्रवेश

533
Shares

काठमाडाैं । नुवाकाेटकाे दुप्चेश्वर गाउँपालिका-१, ग्याङफेदीका निर्वाचित वडाध्यक्ष सीताराम तामाङ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरी नेपाल नेकपा एमालेमा प्रवेश गर्नुभएकाे छ।

एमालेमा प्रवेश गर्दै उहाँले करिब पाँच​ सय भन्दा बढी समर्थक र​ कार्य​कर्ता एमाले प्रवेश गराउने वाचा समेत गर्नुभएका हाे । तत्कालिन​ माओवादी एवं नेकपाले विगत दुई पटकसम्म चुनाव जित्दा पनि नेताहरूले नुवाकोटमा उल्लेखनीय काम गर्न नसकेको उहाँकाे आरोप छ ।

अबको निर्वाचनमा नुवाकोट-१ का एमाले उम्मेदवार बद्री मैनालीलाई जिताउने प्रतिबद्धतासहित आफू एमाले प्रवेश गरेको नेता तामाङले बताउनुभयाे । एमाले प्रवेश कार्यक्रममा नेता मैनालीले पार्टीको झण्डा र चुनाव चिन्ह हस्तान्तरण गर्दै नेता तामाङलाई स्वागत गर्नुभएकाे हाे।

नेता तामाङ​सँगै दुप्चेश्व​र​बाट​ जेन​जी पुस्ताका राजेश​ तामाङ​ प​नि एमालेमा प्र​वेश​ ग​र्नुभएकाे छ।