Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


७ महिनामा ४० अर्ब २८ करोड बढीको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त


104
Shares

काठमाडाैं । चालु आर्थिक वर्ष २०८२/०८३ को ७ महिनामा ४० अर्ब २८ करोडबराबरको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ ।

उद्योग विभागले चालु आर्थिक वर्षकाे साउनदेखि माघसम्म ५ सय २४ परियोजनामा ४० अर्ब २८ करोड ३३ लाख रुपयाँको लगानी प्रतिवद्धता आएको हो । सबै भन्दा बढी साना उद्योगमा लगानी प्रतिवद्धता आएको विभागको तथ्यांकले देखाएको छ । ७ महिनामा सबै भन्दा बढी कृषिका १४ परियोजनामा २१ अर्ब ९० करोड ८० लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको हाे । पर्यटन क्षेत्रका १ सय ५० परियोजनामा १० अर्ब ८६ करोड २० लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । उत्पादनमूलक ३५ परियोजनामा दुई अर्ब ४० करोड ६६ लाख ४४ हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको हाे ।

त्यस्तै, सेवामूलक ३४ वटा परियोजनामा तीन अर्ब ५४ करोड ८० लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । सूचना प्रविधिमूलक २ सय ८८ परियोजनामा एक अर्ब २५ करोड ९४ लाख ३६ हजार रुपियाँ लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको हाे । उद्योग विभागले २ वटा खनिजजन्य परियोजनामा ११ करोड ५० लाख र एउटा ऊर्जामूलक परियोजनामा १८ करोड ४२ लाख ५० हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको जनाएकाे छ ।

माघसम्मको अवधिमा अटोमेटिक रुटबाट ३ अर्ब २५ करोड र अप्रुभल रुटबाट ३७ अर्ब ३ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको हाे । यो अघिल्लो आर्थिक वर्षकाे सोही अवधिको तुलनामा साढे १३ अर्ब रुपैयाँले बढी हो । गत आर्थिक वर्षकाे माघसम्म २६ अर्ब ८४ करोड १७ लाख बराबर त्यस्तो लगानी स्वीकृत भएको थियो ।

विभागले माघसम्म वैदेशिक लगानीका कुल ५ सय २५ उद्योग दर्ता भएको जनाएकाे छ ।