काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
आइतबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी-हिमाली भू-भागमा आंशिक बादल लागेको हो । साथै बाँकी भू-भागमा भने मौसम सफा रहेको छ।
त्यस्तै, आइतबार दिउँसो भने तराई भू-भागका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्ने भएको हो । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागमा साधरणतया बादल लाग्नेछ । साथै बाँकी प्रदेशको हिमाली र पहाडी भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको हो। कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना महाशाखाले जनाएको छ।
त्यसैगरी, आइतबार राति भने तराई भू-भागका केही स्थानमा तुँवालो लाग्ने भएको हो । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी- हिमाली भागमा आंशिक बादल लाग्ने छ । बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएको हो । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी-हिमाली भू-भागको केही स्थानमा हल्का वर्षा-हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्