Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


गण्डकीसहित २ प्रदेशमा आज राति वर्षा र हिमपात हुने


1.2k
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

शुक्रबार बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशीक बादल लागेको हो । साथै बाँकी भू-भागको मौसम भने मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, शुक्रबार दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा मध्याह्नसम्म हुस्सु र कुहिरो रहने भएको हो। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लाग्ने भएको छ । साथै बाँकी भू-भागमा भने आंशिक बादल लाग्ने महाशाखाले जनाएको हो ।

त्यस्तै, शुक्रबार राति भने तराई भू-भागका केही स्थानहरूमा तुँवालो रहने भएको छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी-हिमाली भू-भागमा साधरणतया बादल लाग्ने भएको हो । साथै बाँकी भू-भागमा भने आंशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी-हिमाली भू-भागको केही स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो।