काठमाडाैं । चितवनकाे गीतानगरमा बिहीबार भएको सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा परी अन्य चार जना घाइते भएकाे प्रहरीले बताएकाे हाे । जिल्ला प्रहरी कार्यालय चितवनले अटोरिक्सामा सवार माडी नगरपालिका–७ का ४४ वर्षीय मीनबहादुर खत्रीको चितवन मेडिकल कलेजमा मृत्यु भएको जनाएकाे छ ।
गीतानगरबाट भरतपुरतर्फ आइरहेको अटोरिक्सालाई स्कारपियोले ठक्कर दिएको हो । घाइते सबैको सोही मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएकाे छ ।






प्रतिक्रिया दिनुहोस्