Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


सूर्य भन्दा तारा धेरै माथि छ : प्रचण्ड


325
Shares

काठमाडौं ।

नेपाली कम्युष्टि पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अहिले पनि मतदताले हसिया हथौडा खोजिरहेको दाबी गर्नुभएको छ ।

आफूहरु तारा चिन्ह लिएर चुनावी मैदानमा उत्रिए पनि जनताले भने हसिया हथौडा नै खोजिरहेकाले तारा चिन्ह चिनाउनुपर्ने अवस्था रहेको बताउनुभयो ।

पोखरामा कार्यकर्ता भेटघाटका क्रममा दाहालले केही व्यक्तिहरु अहिले पनि निर्वाचन नहुने भन्दै भ्रम फैलाउन लागिपरिहेको भए पनि चुनाव हुने विषयमा कुनै दुविधा छैन भन्नुभयो । नेकपा एमालेप्रति लक्षित गर्दै उहाँले सूर्य भन्दा तारा धेरै माथि रहेको दाबी समेत गर्नुभयो ।

फेक न्युजका कारण अहिले समस्या भईरहेको भन्दै उहाँले आइटीको कार्यालय नै खडा गरेर चुनावी अभियानमा आफुहरु लागेको बताउनुभयो ।