Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


आईसीसी टी-२० विश्वकप क्रिकेटमा न्यूजिल्याण्डकाे दोस्रो जित

यूएई भने १० विकेटले पराजित

429
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा न्यूजिल्यान्डले यूएईलाई १० विकेटले पराजित गर्दै दोस्रो जित निकालेको छ।

 भारतको चेन्नईमा मंगलबार राति भएको खेलमा यूएईले दिएको १ सय ७४ रनको लक्ष्य न्यूजिल्यान्डले १५ दशमलव २ ओभरमै भेटाएकाे हाे । भारतको चेन्नईमा आयोजित म्याचमा यूएईले टस जितेर पहिले ब्याटिङ रोज्यो । कप्तान मुहम्मद वसिम र आलिसान सराफुको अर्धसतकमा यूएईले ६ विकेट गुमाउँदै १७३ रनको बलियो योगफल तयार पारेको थियो । तर, यो लक्ष्यलाई न्यूजिल्यान्डले सहजै पछ्यायो ।

न्यूजिल्यान्डका ओपनिङ जोडी टिम सेइफर्ट र फिन एलेनले विष्फोटक साझेदारी गर्दै टिमलाई लक्ष्यसम्म पुर्‍याए । सेइफर्टले ४२ बलमा ८९ रन र एलेनले ५० बलमा ८४ रन हानेका थिए । यूएईका हैदर अली बाहेक सबै बलरहरू नराम्ररी चुटिए ।

लगातार दोस्रो जितसँगै न्यूजिल्यान्डले सुपर ८ को सम्भावना बलियो बनाएको छ । यसअघि उसले अफगानिस्तानविरुद्ध ५ विकेटको जित निकालेको थियो ।