Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


निर्वाचन आयोगले फागुन ३ गतेदेखि सबै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दै


104
Shares

काठमाडाैं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावलाई केन्द्रित गरी मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

आयोगले मतदान प्रक्रियालाई सहज, सरल बनाउन, बदर हुने मतप्रतिशत घटाउनका लागि फागुन ३ गतेदेखि १७ गतेसम्म देशव्यापी रुपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको जनाएकाे हाे । सबै ७ सय ५३ वटै पालिकाको ६ हजार ७ सय ४३ वटा वडामा एकरएक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी छ ।

स्वयंसेवकले मतदाताको घर, बस्तीमा पुगेर नमूना मतपत्रको माध्यमबाट चुनावको महत्त्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । आयोगले मतदाता शिक्षा कार्यक्रममा आवश्यक सहयोगका लागि सातै प्रदेश सरकार, ७ सय ५३ वटै पालिका, राजनीतिक दल, उम्मेदवार तथा सञ्चार क्षेत्रल गायत सम्पूर्ण सरोकारवालालाई अनुरोध समेत गरेको छ ।