Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


आगामी निर्वाचनमा नयाँ इतिहास रच्ने सभापति लामिछानेकाे दावी

रास्वपाका उम्मेदवार बहुमतका साथ विजय हुने जिकिर

143
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१ गते हुने निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याएर पहिलो नयाँ इतिहास रच्ने दावी गर्नुभएकाे छ।

सोमबार रुपन्देही-१ अन्तर्गत देवदहमा कार्यकर्ता भेटघाट कार्यक्रममा बाेल्दै सभापति लामिछानेले यस पटक रास्वपाका उम्मेदवारहरु बहुमतका साथ विजय हुने जिकिर गर्नुभएकाे हाे । छोटो मन्तव्य राख्दै सभापति लामिछानेले पुराना दलले पटक–पटक निर्वाचन जितेर गर्न नसकेका काम रास्वपाले गरेर देखाउने समेत उहाँले उद्घोष गर्नुभयो । सभापति लमिछानेले हरेक निर्वाचन क्षेत्रमा फरक फरक खालका समस्या रहेकाले समाधानका लागि रास्वपाका उम्मेदवारहरु सक्षम रहेको बताउनुभएकाे छ ।

सोमबार रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा सभापति लामिछानेले कार्यकर्ता तथा मतदाता भेट्ने कार्यक्रम रहेको रास्वपाले जनाएकाे हाे । सभापति लामिछानेले बुटवल, भैरहवा, तिलोत्तमा र सैनामैना लगायतका ठाउँमा पुग्ने पार्टीका एक नेताले बताए। देवदहको कार्यक्रममा रुपन्देही -१ का उम्मेदवार सुनिल लम्सालसहित पार्टीका नेता तथा कार्यकर्ताको भीड लागेको थियो ।