Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


पाकिस्तान आक्रमण अपडेट: ४८ सुरक्षाकर्मीसहित १९३ जनाकाे ज्यान गयाे


2k
Shares

एजेन्सी । दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा पाकिस्तानी सुरक्षा बलले समन्वयात्मक आतंककारी हमलाहरूलाई विफल पार्ने क्रममा ४० घण्टाको अन्तरालमा १ सय ४५ आतंककारीसहित १ सय ९३ जनाकाे मृत्यु भएकाे छ।

मुख्यमन्त्री सर्फराज बुग्टीले १ सय ४५ आतंककारी, १७ सुरक्षाकर्मी र प्रहरी ३१ जना सर्वसाधारणको मृत्यु भएको बलुचिस्तानका मुख्यमन्त्री सर्फराज बुग्टीले जानकारी गराउनुभएकाे हाे । क्वेटामा आयोजित पत्रकार सम्मेलनमा बाेल्दै उहाँले प्रान्तका विभिन्न स्थानमा भएका प्रतिआतंकवाद अभियान र लडाकुहरूको आक्रमणका क्रममा उनीहरुको मृत्यु भएको बताउनुभयो ।

मुख्यमन्त्री बुग्टीले प्रतिवन्धित बलुचिस्तान लिबरेसन आर्मीले गत शनिबार प्रान्तभरि धेरै आक्रमणहरू गरेको र त्यसको जवाफमा सुरक्षा बलले तत्काल र निर्णायक कारबाही गरेको जानकारी गराउनुभएकाे छ । उहाँले यसलाई पाकिस्तानको आतंकवाद विरुद्धको जारी युद्धमा यति छोटो अवधिमा रेकर्ड गरिएको लडाकुहरूको सबै भन्दा ठूलो हताहती संख्या भएको बताउनुभयो ।

यसैबीच, रक्षा मन्त्री ख्वाजा आसिफले आक्रमणपछि बलुचिस्तानभरि शान्ति बहाल भएको र सुरक्षा बलहरूले बाँकी रहेका खतराहरूलाई हटाउन खोजतलास अभियान सञ्चालन गरिरहेको बताउनुभएको छ ।