Logo १७ माघ २०८२, शनिबार | Sat Jan 31 2026


स्वास्थ्य बीमा सेवामा अनावश्यक रिफर नगर्न चेतावनी


117
Shares

काठमाडाैं । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई अनावश्यक रूपमा बिरामीलाई रिफर (प्रेषण) नगर्न कडा निर्देशन दिएको छ ।

बोर्डको नीति, योजना तथा अनुगमन शाखाबाट जारी गरिएको पत्रमा आफ्नै संस्थामा उपलब्ध सेवा हुँदाहुँदै पनि अन्यत्र रिफर गरिएको पाइएकाले यस्तो अभ्यास तुरुन्त रोक्न आग्रह गरिएको छ ।

स्वास्थ्य बीमा ऐन २०७५, स्वास्थ्य बीमा नियमावली २०७५ तथा प्रेषण कार्यविधि २०८० विपरीत अनावश्यक रिफर गर्ने संस्थामाथि आवश्यक कारबाही हुने चेतावनीसमेत दिइएको छ ।

बोर्डले आफ्नै संस्थामा उपलब्ध सेवा भएमा सोही संस्थामै गुणस्तरीय र समयमै सेवा उपलब्ध गराउन, रिफर गर्नै पर्ने अवस्थामा नजिकको स्वास्थ्य संस्थामा मात्रै पठाउन अनुरोध गरेको छ ।

साथै, अनावश्यक रिफर गरेको पाइएमा दाबी मूल्यांकन तथा भुक्तानी रोकिने र सम्झौता स्थगन वा खारेजसम्मको निर्णय हुन सक्ने उल्लेख गरिएको छ ।