Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


रूकुमपूर्वमा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेदवार बनेकाे संयाेजक दाहालकाे दावी


78
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपालमा गणतन्त्रको घोषणा गर्ने थलोको रुपमा रहेको रुकुमपूर्वमा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेदवार बनेकाे दावी गर्नुभएकाे छ।

काठमाडौंमा शुक्रबार आयोजित रुकुम पूर्वका कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बाेल्दै उहाँले यस्तो दावी गर्नुभएकाे हाे । उहाँले रुकुमपूर्व नेपालको गणतान्त्रिक आन्दोलनको निर्णायक केन्द्र भएको उल्लेख गर्नुभयो । पूर्वी रुकुमको चुनवाङ बैठकबाट नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने निष्कर्ष निकालिएको स्मरण गर्दै उहाँले चुनवाङ बैठकले महिला, जनजाति, मधेशी र थारु लगायत उत्पीडित समुदायलाई पहिचानसहित अधिकार दिने उद्घोष गरेको बताउनुभएकाे छ । चुनवाङ बैठक नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा समेत परिचित रहेको उहाँले बताउनुभयाे ।

संयोजक दाहालले रुकुमपूर्वकै लवाङ बैठकमा पार्टीभित्र एतिहासिक विचारधारात्मक बहस भएको पनि स्मरण गर्नुभएकाे छ । उहाँले आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गरी औपचारिक तथा कानूनी मान्यता दिएको उल्लेख गर्नुभयो । यद्यपि त्यसको कार्यान्वयनका लागि विधेयक बने पनि पूर्ण रूपमा लागू हुन बाँकी रहेको उहाँलले बताउनुभएकाे छ।