Logo १५ माघ २०८२, बिहिबार | Thu Jan 29 2026


रवि लामिछाने अस्पतालबाट डिस्चार्ज हुँदै


338
Shares

काठमाडौं । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज (माघ १५) डिस्चार्ज हुने भएका छन् । स्वास्थ्य अवस्था सामान्य भएपछि डिस्चार्ज गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रवक्ता तथा डिपुटी निर्देशक डा. गोपालप्रसाद सेढाईंका अनुसार उनलाई साँझसम्म डिस्चार्ज गरिनेछ । लामिछानेलाई खुट्टामा भएको घाउबाट ‘सेलुलाइटिस’ संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

माघ ५ गते जनकपुरमा आयोजित पार्टीको चुनावी सभामा सहभागी हुने क्रममा खुट्टामा चोट लागेपछि संक्रमण बढेको थियो ।