Logo १५ माघ २०८२, बिहिबार | Thu Jan 29 2026


बागमतीसहित तीन प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा आज पनि वर्षा र हिमपात हुँदै

तराईका भू-भागमा भने हुस्सु र कुहिरो लाग्ने भएका कारण जनजीवन कष्टकर

884
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, बिहीबार बिहान कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा पूर्णतया बादल लागेको हो । साथे बाँकी भू-भागमा भने आंशिक बादल लागेको छ। बागमती र गण्डकी प्रदेशको केही स्थान हल्का वर्षा भईरहेको महाशाखाले जनाएको हो।

त्यस्तै, बिहीबार दिउँसो भने तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने भएको छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बादल लाग्ने भएको हो । बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍-भागका केही स्थानमा हल्का हिमपात-वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।

त्यस्तै, बिहीबार राति भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु लाग्ने भएका कारण जनजीवन कष्टकर हुने भएको छ । कर्णाली, सुदूरपश्चिम, कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बादल लाग्ने भएको हो । बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍-भागका केही स्थानमा हल्का हिमपात-वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।