काठमाडौं । आयोगले निर्वाचनले राष्ट्रिय सभा सदस्यमा निर्वाचित १८ जना सांसदहरुको अन्तिम मतपरिणाम सार्वजनिक गरेको हो ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आइतबार सातै प्रदेशमा मतदान सम्पन्न भएको हो । सोही विर्वाचनको मतपरिणाम पनि आयोगले आइतबार राति सार्वजनिक गरेको हो । राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि निर्वाचन भएको थियो ।
नेपाली कांग्रेस निर्वाचनपछि राष्ट्रिय सभामा सबै भन्दा ठूलो दल बन्न पुगेको छ । निर्वाचनपछि नेपाली कम्युनिस्ट पार्टी दोस्रोमा झरेको हो । १८ पद मध्ये आइतबारको निर्वाचनमा कांग्रेसका तर्फबाट ९ जना सदस्य निर्वाचित हुँदा राष्ट्रिय सभामा कांग्रेसको सिट बढेर २५ पुगेको छ । राष्ट्रिय सभामा २५ सांसदसहित कांग्रेसले पहिलो ठूलो दलको हैसियत बनाएको हो ।
यसअघि राष्ट्रिय सभामा कांग्रेसका १६ सांसद थिए । निर्वाचनबाट ९ सांसद थपिएपछि उसको सिटसंख्या बढ्न पुगेको हो । यससँगै राष्ट्रिय सभामा शक्ति सन्तुलन फेरिएको छ । निर्वाचनमा कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालबीच चुनावी तालमेल भएको थियो । यहि तालमेल अनुसार कांग्रेसले ९, एमालेले ८ र जसपाले १ सिट प्राप्त गरेका हुन् ।
यस निर्वाचनपछि तत्कालीन माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी सबै भन्दा ठूलो दलबाट झरेर दोस्रो ठूलो दलमा खुम्चेको छ ।
राष्ट्रिय सभामा निर्वाचित हुने १८ जना सांसद यी हुन्:








प्रतिक्रिया दिनुहोस्