काठमाडौं । देशैभरी गत वैशाखदेखि हालसम्म कूल ५ हजार ९ सय ६६ वटा विपदका घटना घटेका छन् ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदमा परी ४ सय २४ जनाको मृत्यु भएको जनाएको हो । १ हजार ६ सय ४३ जना घाइते भएका छन् । विपदमा परेर ३८ जना बेपत्ता भएका हुन् । ११ हजार ५ सय ३५ परिवार प्रभावित भएका छन् ।
प्राधिकरणका अनुसार सबै भन्दा बढी आगलागीका घटना भएका हुन् । २ हजार ६ सय ९२ वटा आगलागीका घटना हुँदा ७५ जनाको अकालमा मृत्यु भएको छ । त्यस्तै, ४ सय ४२ जना घाइते हुँदा २ हजार ९ सय ९६ परिवार प्रभावित भएका छन् । त्यसैगरी पहिरोका मात्रै ५ सय ७७ घटना घटेको छ । पहिरोमा परेर ७१ जना मृत्यु भएको हो । ५ जना बेपत्ता छन् भने ८० जना घाइते भएका हुन् ।
प्राधिकरणका अनुसार बाढीको ३ सय १६, भारी वर्षाको ४ सय २७, चट्याङको ३ सय ५२, सर्पदंशको ५ सय ८० घटना घटेको छ । वन डढेलोको १ सय ८६, हावाहुरी २ सय ९०, जनावर आक्रमण ४ सय २२, लेक लाग्नुका १ सय ५ घटना घटेको हो ।
हिउँ पहिरेकाको सङ्ख्या ५ जना छ । भूकम्प सात डुङ्गा पल्टेर दुई असिना पानी असिना, शीतलहर , महामारी र हवाई दुर्घटना एक एक भएका हुन् । पछिल्ला समय त झन् आगलागीका घटनामा वृद्धि भएको छ । सामान्य सावधानी अपनाउँदा समेत न्यूनीकरण गर्न सकिने आगलागीका घटना न्यूनीकरण गर्न सकिने प्राधिकरणले जनाएको हो ।





प्रतिक्रिया दिनुहोस्