काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहीबार बिहान कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लागेको हो । साथै पहाडी भू-भागमा भने आंशिक बादल लागेको छ । बाँकी हिमाली तथा पहाडी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको हो। साथै तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागेका कारण जनजीवन कष्टकर भएको महाशाखाले जनाएको छ ।
त्यस्तै, बिहीबार दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने भएका कारण जनजीव प्रभावित हुने भएको हो । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने भएको छ । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको हो।
त्यस्तै,बिहीबार राति भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु लाग्ने भएको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने भएको हो। साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने छ ।
त्यसैगरी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका केही स्थानहरूमा शुक्रबारदेखि मध्यम वर्षा- हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो।





प्रतिक्रिया दिनुहोस्