Logo २७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026


गुल्मीमा मलामी बोकेको जिप दुर्घटना हुँदा एकको मृत्यु, ८ जना घाइते


156
Shares

काठमाडौं ।
गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

बुधबार दिउँसो पाल्पाको जोगिथुमबाट रिडीघाटतर्फ मलामी लिएर आउँदै गरेको लु १ च ६९८५ नम्बरको जिप सडकबाट करिब १० मिटर तल खसेको हो। दुर्घटनामा घाइतेहरूलाई उद्धार गरी रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचारका लागि लगिएको थियो।

उपचारका क्रममा पाल्पा रिब्दिकोट गाउँपालिका–१ का २६ वर्षीय टिकाराम कुमाललाई चिकित्सकले मृत घोषणा गरेको गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए। उनका अनुसार मृतकको टाउकोमा गम्भीर चोट लागेको थियो।

अन्य घाइतेहरूको अवस्था मध्यम रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।