Logo ६ माघ २०८२, मंगलबार | Tue Jan 20 2026


३ वर्ष पूरा भएसँगै संविधानत कार्यकाल समाप्त: सभामुख घिमिरे


1.6k
Shares

काठमाडौं। सभामुख देवराज घिमिरेले ३ वर्ष पूरा भएसँगै संविधानतः कार्यकाल समाप्त भएको उल्लेख गर्नुभएको छ ।

सभामुख घिमिरेले मंगलबार एक शन्देश जारी गर्दै यस्तो बताउनुभएको हो । सोही कार्यकालको समाप्तिसँगै संविधानले प्रदान गरेको जिम्मेवारी निर्वाह गर्ने क्रममा सहयोग गर्ने सबैप्रति उहाँले धन्यवाद समेत दिनुभएको हो । उहाँले आफ्नो कार्यकालमा प्रतिनिधि सभाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ बनाउने तथा संविधान कार्यान्वयनका लागि कानून निर्माण र नीतिगत बहस तथा कार्यपालिकामाथि प्रभावकारी निगरानीमार्फत महत्त्वपूर्ण भूमिका निर्वाह गरेको दावी गर्नुभएको छ ।

विचार, दृष्टिकोण, राजनीतिक मतभेदका बाबजुद पनि सदनले संविधानको सर्वोच्चता, संसदीय मर्यादा र नेपाली जनताको आकाङ्क्षालाई केन्द्रमा राखेर आफ्नो कर्तव्य पूरा गरेको सभामुख घिमिरेले दावीगर्नुभयो । सरकार र प्रतिपक्षमा रहनु भएका सबै राजनीतिक दलहरूले संसदीय बहसलाई समृद्ध तुल्याउँदै लोकतान्त्रिक मूल्य, सन्तुलन कायम गर्न खेलेको भूमिकाको समेत उहाँले उच्च कदर गर्नुभएको छ।

सभामुख घिमिरेले संसदीय समितिहरूले विधेयक परीक्षण, सरकारी कार्यसम्पादनको अनुगमन तथा सरोकारवालासँगको अन्तरक्रियामार्फत जिम्मेवारीपूर्वक कार्यसम्पादन गरेप्रति प्रशंसा गर्नुभयो ।