धादिङ । नेकपा एमाले धादिङ जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । धादिङ क्षेत्र नम्बर २ को उम्मेदवार छनोटमा विभेद भएको आरोप लगाउँदै एमाले कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेका हुन् ।
एमाले केन्द्रीय सचिवालयले संविधानसभा सदस्यसमेत रहेका नेता धनबहादुर घलेलाई उम्मेदवार सिफारिस गरेको थियो । तर सोमबार उक्त निर्णय उल्ट्याउँदै घलेको नाम हटाएर चन्द्र रिजाललाई टिकट दिएपछि कार्यकर्ताले असन्तुष्टि जनाएका हुन् ।
पहिलाको निर्णय कार्यान्वयन गर्न माग गर्दै झार्लाङ, गंगाजमुना, खनियाबास, रुबीभ्याली र त्रिपुरासुन्दरीका एमाले कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरी धर्ना दिएका छन् ।





प्रतिक्रिया दिनुहोस्