Logo ५ माघ २०८२, सोमबार | Mon Jan 19 2026


पाकिस्तानको एक सपिङ मलमा आगलागी हुँदा ६ जनाको मृत्यु, २० बढी घाइते


104
Shares

एजेन्सी । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा रहेको एक सपिङ मलमा भीषण आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ ।

आगलागीमा परी २० जना भन्दा बढी घाइते भएका हुन् । दक्षिणी सिन्ध प्रान्तकी प्रवक्ता सादिया जावेदले एमए जिन्ना रोडमा अवस्थित गुल प्लाजा नामक बहुतले सपिङ मलमा आगलागी भएको बताउनुभयाे। उक्त भवनमा १ हजार २ सय भन्दा बढी पसलहरू रहेका छन् । प्रवक्ता जावेदले ग्नि नियन्त्रक टोलीहरूले आगो नियन्त्रण गर्न निरन्तर प्रयास गरिरहेकाे बताउनुभएकाे छ। जुन प्लाजाका अधिकांश तलाहरूमा आगाे फैलिएको उहाँकाे भनाइ थियाे ।

भवनभित्र अझै पनि केही मानिस फसेको आशंका गरिएको छ । उनीहरूलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ । प्रहरी अधिकारीहरूले भवनको भुइँ तलामा रहेका पसलहरूबाट आगो शुरु भएको र विद्युत सर्टका कारण भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेका हुन् ।