Logo २१ श्रावण २०८३, बिहिबार | Fri Aug 7 2026


निर्धारित समयमा नै निर्वाचन हुनुपर्छ: उपसभापति शर्मा

दुई दिनभित्र सम्पूर्ण उम्मेदवार टु‌ग्याउने तर्क

936
Shares

काठमाडाैं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्धारित समयमा नै निर्वाचन हुनुपर्ने बताउनुभएको छ ।

आधिकारिकता सम्बन्धि जानकारी दिनका लागि शुक्रबार निर्वाचन आयोगमा पुग्नुभएका उपसभापति शर्माले कांग्रेसको विवादका कारण निर्वाचन रोकिन नहुने बताउनुभएकाे हाे। उहाँले थापा नेतृत्वको कांग्रेसले दुई दिनभित्र सम्पूर्ण उम्मेदवारी टुंग्याउने जानकारी पनि दिनुभयो । संसदीय बोर्ड गठन गरिसकेको जानकारी दिदै उहाँले १ सय ६५ वटै क्षेत्रमा उम्मेदवारी टुंग्याउने गरी आफूहरुले काम गरिरहेको बताउनुभएकाे छ। उहाँले आयोगले दिने निर्णयलाई ढिलाई नगर्न पनि आग्रह गनुभयो ।

आयोगले निर्णय दिएपछि देशभर निर्वाचनको माहोल बनाउन आफूहरुले सहयोग गर्ने उपसभापति शर्माले बताउनुभयो ।