काठमाडौं । भृकुटीमण्डपमा विशेष महाधिवेशन गरिरहेका नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्मा पक्षधर केन्द्रीय कार्यसमिति बैठकमा नजाने भएका छन्।
कार्यबाहक सभापति पूर्णबहादुर खड्काले मंगलबार बिहान ११ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुभएको हो। आफूहरूले वार्ता समिति गठन गरेको र त्यो वार्ता समितिमा सहमति नहुँदासम्म केन्द्रीय कार्यसमिति बैठकमा नजाने विशेष महाधिवेशन पक्षधर ले अडान लिएको छ ।
महाधिवेशन पक्षधरले वार्ता समितिमा कुरा नमिले आफूहरू नयाँ कार्यसमिति बनाएर निर्वाचन आयोगमा जाने समेत चेतावनी दिएको हो।





प्रतिक्रिया दिनुहोस्