काठमाडौंं । हाल देशैभरी पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।
मंगलबार बिहान मधेश, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो। साथै बाँकी पहाडी तथा हिमाली भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ। तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागि रहेको हो।
त्यस्तै, मंगलबार दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने भएका कारण जनजीवन प्रभावित भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक रुपमा बादल लाग्ने भएको हो । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
त्यस्तै, मंगलबार राति भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु लाग्ने भएको हो । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने भएको छ । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको हो।





प्रतिक्रिया दिनुहोस्