Logo २५ पुस २०८२, शुक्रबार | Fri Jan 9 2026


जेनजी आन्दोलनका शहीद परिवारका सदस्यलाई विद्युत प्राधिकरणमा जागिरकाे व्यवस्था


1.1k
Shares

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले सरकारको निर्णय बमोजिम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका शहीहहरुको परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासका निवर्तमान मन्त्री एवम् प्राधिकरण सञ्चालक समिति (बोर्ड)का अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा मंगलबार बसेको बोर्ड बैठकले शहीद परिवारका २७ जनालाई रोजगारी दिने निर्णय गरेको हो । जेनजी शहीद परिवारका २७ जनाले रोजगारीका लागि निवेदन दिएका थिए । निवेदकको यकिन गरी पायक पर्ने प्राधिकरणको कार्यालयमा निजको शैक्षिक योग्यताका आधारमा बढीमा तीन तहसम्मको पदमा करार नियुक्त गर्ने निर्णय भएको छ।

सरकार र जेनजी आन्दोलनका प्रतिनिधिबिच भएको सम्झौता, मन्त्रिपरिषद बैठकबाट स्वीकृत सहायता सम्बन्धी कार्यविधि बमोजिम र शहीद परिवारका सदस्यका निवेदनका आधारमा २७ जनालाई रोजगारी दिने निर्णय भएको थियाे।