Logo २५ पुस २०८२, शुक्रबार | Fri Jan 9 2026


बेलायतमा अध्ययनरत एक नेपाली विद्यार्थी सम्पर्कविहीन

उनको राहदानी भने इष्ट ह्याम क्षेत्रको सडकमा फेला

845
Shares

काठमाडाैं। बेलायत अध्ययनका लागि गएका एक जना नेपाली विद्यार्थी ३ सातादेखि सम्पर्कविहीन भएका छन्।

लन्डनस्थित विपीपी युनिभर्सिटीमा इन्जिनियरिङ म्यानेजमेन्ट एमएस्सीमा अध्ययनरत महोत्तरीकाे जलेश्वर नगरपालिका–११ पिगौना निवासी शंकर साह हालसम्म सम्पर्कविहीन भएकाे उनकाे परिवारले बताएकाे हाे। गत डिसेम्बर १५ तारिखमा इष्ट लन्डनको फरेष्ट गेट क्षेत्रमा अन्तिम पटक देखिएका साह त्यसयता विश्वविद्यालय, साथी र परिवारसँग समेत सम्पर्कमा छैनन्। साह बेपत्ता भएको केही दिनपछि उनको राहदानी इष्ट ह्याम क्षेत्रको सडकमा फेला परेको जानकारी साथीहरूले दिएका छन्। शुरुमा साह इष्ट ह्याममै साथीसँग बस्दै आएका थिए। तर, बेपत्ता हुनुअघि साह फरेष्ट गेटस्थित एक होटलमा सरेको खुलेको छ।

छोराे बेपत्ता भएपछि नेपालमा रहेकी आमाको अवस्था अत्यन्तै चिन्ताजनक रहेको छ। कतै देखेमा वा कुनै जानकारी भए तत्काल जानकारी गरिदिन बेलायतमा रहेका नेपाली समुदाय, संघसंस्था तथा सर्वसाधारणलाई शंकर साहको परिवारले आग्रह गरेको छ। साेही विषयमा नेपाली दूतावास लन्डनले भने हालसम्म औपचारिक सूचना प्राप्त नभएको जनाएको छ।

साह बेलायत पुगेदेखि नै रोजगारी नपाएको विषयमा तनावमा थिए। लामो समयसम्म काम नपाएपछि साह मानसिक रूपमा निराश देखिन थालेको र भविष्यप्रति चिन्तित रहने गरेको साथीहरूको बताएका छन् । साह परिवारका एक्ला छोराेभएका कारण आर्थिक अवस्थाका बाबजुद परिवारले ऋण काढेर बेलायत पढ्न गएका साहका बाबु हाल खाडी मुलुकमा रोजगारीमा रहेकाे बुझिएकाे छ।