Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


एमालेका नेता गुप्ताले पार्टी परित्याग गरे

नेतृत्व सुध्रिने लक्षण नदेखेपछि पार्टी परित्याग गरेकाे दावी

1.5k
Shares

काठमाडाैं। नेकपा एमालेका नेता बृजेश कुमार गुप्ताले पार्टी परित्याग गर्नुभएकाे छ।

नेता गुप्ताले कपिलवस्तुबाट ४ पटकसम्म संघीय सांसद जित्नुभएकाे थियाे । गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले युवा विद्यार्थीको सुशासन लगायतका जायज मागलाई नजर-अन्दाज गरेर आन्दोलनमा दमन गरेको उहाँकाे आराेप लगाउनुभएकाे छ। दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस-एमाले मिलेर जे गरे पनि हुन्छ भन्ने दम्भ देखाएको र एमाले नेतृत्व सुध्रिने लक्षण नदेखेपछि पार्टी परित्याग गरेको नेता गुप्ताले बताउनुभयाे ।

पूर्वसंघीय मन्त्री समेत रहेका गुप्ताले एमालेको नेतृत्वको मुख्य ध्यान नै भ्रष्टाचारलाई संरक्षण गर्ने देखिएको आरोप समेत लगाउनुभएकाे छ । पार्टी नेतृत्वको ध्यान, गतिविधि, संस्कार भ्रष्टाचार गर्ने र भ्रष्टाचारी जोगाउने तर सुशासन नदिने देखिएका कारण पार्टी छाेड्न बाध्य भएकाे उहाँकाे दावी छ। नेतृत्वमा राम्रा कामको जस लिने तर गल्ती कमजोरी कहिल्यै नस्वीकार्ने पटक-पटक देखिएपछि राजीनामा दिएको समेत उहाँले जानकारी गराउनुभयाे।

नेता गुप्ताले आफू भारतमा रहेकै समयमा पार्टीबाट राजीनामा दिएको र महाधिवेशनमा पनि नगएको समेत बताउनुभएकाे छ ।