Logo २२ पुस २०८२, मंगलबार | Tue Jan 6 2026


कांग्रेसभित्र विशेष महाधिवेशनको विवाद उत्कर्षमा (भिडियाे रिपाेर्ट)

कांग्रेसभित्रकाे विवादले नेपालको राजनीतिक नै नयाँ ढंगले अगाडि बढ्ने विश्लेषण

637
Shares

काठमाडाैं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्मादन समिति बैठकले विशेष महाधिवेशन नगर्ने गरी आगामी वैशाखकाे अन्तिम साता महाधिवेशनको नयाँ मिति प्रस्ताव पारित गरेकाे छ ।

तर त्यसले कांग्रेसभित्रको विवाद अझ उत्कर्षमा पुर्याएको हाे। विशेष महाधिवेशन पक्षधरले कुनै पनि हालतमा यहि पुसभित्र महाधिवेशन गरिछाड्ने अडान लिएको छ । संस्थापन नजिक बनिरहेको शेखर कोइराला समूह पनि विशेष महाधिवेशनको विपक्षमा उभिएको छ । जसले कांग्रेसभित्र यो विषय थप पेचिलो बन्दै गएको छ ।

महाधिवेशन विवाद उत्कर्षमा पुग्दै गर्दा कांग्रेसका संस्थापन र विशेष महाधिवेशन पक्षधर आ-आफ्नै रणनीति बनाउन लागि परेका छन् । सभापति शेरबहादुर देउवा पक्षले केन्द्रीय कार्यसम्पादबाटै निर्णय गराउनेगरी रणनीति लियो र त्यसलाई पारित गरेकाे हाे । शुरुमा हस्ताक्षर अभियान चलाउन लगाएका नेता शेखर कोइराला अहिले सभापति देउवासँगै देखिनुभएकाे छ। उहाँको रणनीति देउवाकै सहयोगमा सभापति बन्न सकिन्छ कि भन्नेमा छ । पुसभित्र विशेष महाधिवेशन घोषणा गरेका महामन्त्रीहरुले संस्थापन पक्षलाई समेत दबाब दिएर त्यहाँसम्म ल्याउन सकिन्छ कि भन्ने प्रयासमा छन । गत शुक्रबार कार्यसम्पाद समितिको बैठकबाट वैशाख अन्तिम साता महाधिवेशन गराउने प्रस्तावमा सहयोग गरेको कोइराला समूहले शनिबार छुट्टै छलफल गरेको कांग्रेस उपसभापति धनराज गुरुङले बताउनुभयाे।

यो समूहको रणनीति कता लाग्दा १५ औं महाधिवेशनबाट नेतृत्वमा पुग्न सकिन्छ भन्नेमा केन्द्रित छ । उता कुनै पनि हालतमा विशेष महाधिवेशन गरेरै छाड्ने भनेर लागेको समूहले कानुनी परामर्शलाई पनि तीव्र बनाएका छन् । महामन्त्री आन्तरिक छलफल लागिरहेको समयमा यो समूहले कुनै पनि हालतमा पछाडि नहट्ने अडान रहेकाे कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले बताउनुभयाे।

यसरी विशेष महाधिवेशनको छलफल अगाडि बढाइरहेको समयमा शेखर कोइराला पक्षका नेताहरुले यो प्रस्तावलाई महामन्त्रीहरुको व्यक्तिगत विषय भएको कांग्रेस सहमहामन्त्री जीवन परियारले टिप्पणी गर्नुभयाे । वैशाख अन्तिम साता महाधिवेशनको नयाँ मिति अगाडि बढाएको संस्थापन पक्षले विशेष महाधिवेशनको औचित्य सकिएको घोषणा गरिसकेको कांग्रेस नेता विमलेन्द्र निधिले बताउनुभयाे।

अहिले सक्रिय देखिएका तीन समुहले अख्तियारी गरेका रणनीतिले पार्टी विवादलाई थप उत्कर्षतर्फ लैजाने निश्चित जस्तै देखिएको हाे । जसले नेपालको राजनीतिक कोर्षलाई नै नयाँ ढंगले अगाडि बढाउने विश्लेषण हुन थालेको छ।


भिडियाे रिपाेर्ट: