Logo १४ भाद्र २०८३, आइतबार | Mon Aug 31 2026


नेकपाका संयोजक दाहाल आज भारत जाँदै


390
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल आइतबार भारतमा जानुहुने भएकाे छ।

संयाेजक दाहाल आइतबार साँझ दिल्ली उड्ने कार्यक्रम रहेको निजी सचिवालयले जनाएकाे हाे।नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका दलसँग एकतापछि बनेको नेकपा संयोजक रहेका दाहाल जेनजी आन्दोलनपछि पहिलो पटक विदेश भ्रमणमा जान लाग्नुभचएकाे छ।

उहाँले दिल्लीमा नेकपा निकट प्रवासी संगठनको एकता सन्देश सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उहाँ सन्देश सभालाई सम्बोधन गरे लगत्तै सोमबार साँझ स्वदेश फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएकाे छ । उहाँको दिल्ली बसाइका अन्य भेटवार्ताकाे बारेमा भने केही खुलाइएको छैन ।