Logo १८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026


भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल


0
Shares

काठमाडाैं। गृहमन्त्री ओमप्रकाश अर्यालले भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुने बताउनुभएको छ ।

काठमाडाैंमा शुक्रबार भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय भूकम्प सुरक्षा दिवसलाई हामीले पोस्टर टाँस्ने, औपचारिक कार्यक्रम गर्ने, एकदिनको सचेतना फैल्याएर सकिने कार्यक्रमको रुपमा सीमित गर्नु नहुने बताउनुभयो । उहाँले यसलाई विद्यालय, अस्पताल, सरकारी कार्यालय, उद्योग तथा समुदायसम्म पुग्ने, भूकम्प सुरक्षित निर्माण, सरक्षित बसोवास र सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने दीर्घकालीन जनचेतना अभियानको रुपमा रुपान्तरण गर्नुपर्ने बताउनुभएकाे छ। भूकम्पको पहिलो प्रतिकार्य स्थानीय तहबाट हुने भएकाले स्थानीय तहको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्ने उहाँले बताउनुभयो ।

मन्त्री अर्यालले कार्यक्रम भाषणमुखी नभइ परिणाममुखी हुनुपर्ने बताउनुभएकाे छ ।