काठमाडाैं। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले जलविद्युत आयोजनाहरुलाई सहज ढंगले अघि बढानउनका लागि लचकताका साथ प्रश्तुत हुन प्रभावित क्षेत्रमा जनतालाई आग्रह गर्नुभएको छ ।
ललितपुरमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे आग्रह गर्नुभएको हो । मन्त्री घिसिङले प्रभावित क्षेत्रका जनताले जलविद्युत आयोजनालाई सहज ढंगले अघि बढाउनका लागि लचक नभए त्यो महंगो पर्न जाने र विद्युत निर्यात समेत नभई मुलुकमा थप समस्या देखापर्ने समेत बताउनुभयो । उहाँले नेपालमा ५० हजार मेघावाट विद्युत उत्पादन गर्नुपर्ने भएपनि प्रभावित क्षेत्रको माग पूरा हुनसक्दा ती आयोजनाहरुलाई अघि बढाउन कठिनाई हुने गरेको समेत बताउनुभएकाे छ।
मन्त्री घिसिङले सरकारले प्रभावित क्षेत्रमा जनताको माग र अधिकारलाई कुण्ठित बनाएर कुनैपनि आयोजना अघि नबढाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो। स्थानीय जनताको माग पूरा नहुँदा ट्रान्समिशन लाइन विस्तारको काममा पनि समस्या भइरहेको उहाँले बताउनुभएकाे छ।





प्रतिक्रिया दिनुहोस्