Logo ३ फाल्गुन २०८२, आइतबार | Mon Feb 16 2026


लिफ्टिङ्ग खानेपानी आयाेजनाकाे सफल रूपमा परीक्षण

अर्घाखाँचीको छत्रदेवका २५ सय घरधुरी आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुँदै

260
Shares

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको गौरवको आयोजनाका रुपमा रहेको हाँडेकोट-चिदिका बृहत लिफ्टिङ्ग खानेपानी आयोजनाको सफल परीक्षण भएको छ । योजनाको सफलतासँगै करिब २५सय घरधुरी लाभान्वित हुने भएका हुन् ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको गौरवको आयोजना हाँडेकोट-चिदिका बृहत लिफ्टिङ्ग खानेपानी योजनाको सफल परिक्षण भएको छ । छत्रदेव–४ मा निर्माणाधिन अवस्थामा रहेको आयोजनाको अहिले ८५ प्रतिशत काम सम्पन्न भएको हो। करिब ५ सय मिटर लामो लिफ्टिङ्ग खानेपानी आयोजनाको कालिका मन्दिरमा रहेको ट्याङ्कीबाट पानीको परीक्षण गरेसँगै शिलन्यास पनि गरिएको छ । बाँकी रहेका केही प्राविधिक काम सकिएपछि यस योजनाबाट गाउँपालिकाका १ देखि ५ वडासम्मका करिब २५ सय घरधुरी यसबाट प्रत्यक्ष लाभान्वित हुने छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले अपेक्षा गर्नुभयाे।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना रअर्घाखाँची मार्फत शुरु भएको आयोजनामा बिडारी निर्माण सेवाले काम गर्दै आएको छ । करिब ३२ करोड लागतको यो योजना अर्न्तगत स्थानीय कोट भन्ने स्थानबाट ५ वटै वडामा खानेपानी वितरण गरिने साेही पालिकाका प्रमुख प्रशासकीय अधिकृत वासुदेव घिमिरले बताउनुभयाे।

यो खानेपानी आयोजनाले विशेषगरी महिला दिदी-बहिनीहरुलाई धेरै राहत पुराउने विश्वास लिईएको छ । खानेपानीकै निम्ति बिहानको अधिकांश समय खर्चिने बाध्यतालाई योजनाले अन्त्य गर्ने भएको हो । त्यस बाहेक निर्माणको अन्तिम चरणमा पुगेको यो आयोजनाले सबै प्रयोजनका लागि पानीको समस्यालाई निराकरण गर्ने छत्रदेव गाउँपालिकाका उपाध्यक्ष मनी पन्थीले बताउनुभयाे।

वर्षौदेखि खानेपानीको समस्या भोगेका छत्रदेववासीका लागि साेही आयोजनाले मानवीय आधारभूत आवश्यकता त पूरा गर्छ नै समयको बचत तथा दैनिकिमा सुखका दिन पनि ल्याउनेछ।