Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


सरकारको प्रमुख दायित्व शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गराउनु होः सह-संयोजक नेपाल


104
Shares

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले वर्तमान सरकारको प्रमुख दायित्व शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्नु रहेको बताउनुभएको छ ।

काठमाडौंमा बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल विषयक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएको हो । सह-संयोजक नेपालले जेनजी आन्दोलनको क्रममा अपराधिक गतिविधि गर्नेहरुलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने माग समेत गर्नुभयो । उहाँले विगतमा भएका त्रुटीहरु सच्याएर अघि बढने काममा पनि ध्यान दिन आवश्यक रहेको बताउनुभएकाे छ ।

उहाँले नेपाल विभिन्न सम्पदाहरुले सम्पन्न रहेकाले त्यसको उचित परिचालन गरी मुलुकलाई समृद्ध बनाउने विषयमा पनि सरकारले संकल्प लिएर नै अघि बढ्नुपर्ने समेत बताउनुभयो । सह-संयोजक नेपालले देशको विकास गर्ने हुटहुटी अनुसारको योजना बनाएर अघि बढ्ने काममा पनि जिम्मेवार सबै पक्ष लाग्नुपर्ने बताउनुभयो ।