काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सामाजिक सञ्जाल, शहर-बजारमा होहल्ला गर्ने, इतिहास र निष्ठाविहीनहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएको टिप्पणी गर्नुभएको छ।
काठमाडाैंमा मंगलबार रुकुमपूर्वदेखि काठमाडौंसम्म यात्रामा आएका केशव रावलको सम्मानसहितको यात्रा समापन कार्यक्रममा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । दशकौंको संघर्ष, त्याग र तपस्याबाट स्थापित पार्टीहरू अब आवश्यक छैनन् भन्ने भाष्य निर्माण गर्न खोजिएको उहाँको भनाइ छ । उहाँले सामाजिक सञ्जालमार्फत हल्ला गर्नेहरूलाई नै मुक्तिदाता जस्तो गरी प्रश्तुत गर्दा नागरिकमा भ्रम पार्न खोजिएको भएता पनि वास्तविकता त्यस्तो नभएको बताउनुभयो ।
संयाेजक दाहालले रावलको पैदल यात्राले पार्टीका नेता तथा कार्यकर्ताहरुमा समेत एकताको सन्देश प्रवाह भएको बताउनुभएकाे छ।





प्रतिक्रिया दिनुहोस्