Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


रूसलाई युक्रेनका राष्ट्रपति जेलेन्स्कीको कडा चेतावनी


1.9k
Shares

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको बताउनुभएकाे छ।

जसका कारण उहाँले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहेकोप्रति रुसलाई गम्भीर चेतावनी दिनुभएकाे हाे।उहाँले युक्रेनको विदेश गुप्तचर सेवाका प्रमुख ओलेह इभासेन्कोको प्रतिवेदन उद्धृत गर्दै ऊर्जा कम्पनीहरू र काल्पनिक कानूनी संरचनामार्फत रुसले प्रतिबन्धबाट जोगिन खोजिरहेको उल्लेख गरिएकाे छ।

सामाजिक सञ्जाल एक्समा सार्वजनिक सन्देशमार्फत राष्ट्रपति जेलेन्स्कीले युक्रेनले यस्ता गतिविधि निरन्तर निगरानी गरिरहेको र साझेदार मुलुकहरूसँग समन्वय गरेर रुसमाथि दबाब कायम राख्ने स्पष्ट पार्नुभएकाे हाे।रुसले आफ्ना ऊर्जा कम्पनीहरूलाई विश्वव्यापी प्रतिबन्धबाट बचाउन अस्थायी मालिक र बनावटी कानूनी योजनाहरू प्रयोग गरिरहेको राष्ट्रपति जेलेन्स्कीले बताउनुभयाे।

यी सबै गतिविधिमाथि नजर राखिरहेकाे र रुसलाई युद्धका लागि स्रोत जुटाउन नदिन साझेदारहरूसँग सहकार्य गर्ने समेत राष्ट्रपति जेलेन्स्कीले बताउनुभएकाे छ।