Logo ३१ आश्विन २०८३, शनिबार | Sat Oct 17 2026


कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा जारी

१५औं महाधिवेशन सर्न सक्ने सम्भावना

234
Shares

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा जारी रहेकाे छ।

साेही बैठक बुधबार दिउँसो ३ बजेपछि पार्टी मुख्यालय सानेपामा बसिरहेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएकाे हाे। बैठकमा पदाधिकारी, पूर्वपदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरू सहभागी रहेका छन् । बैठकले यहि पुस २६ गतेदेखि हुने भनिएको १५औं महाधिवेशनलाई आगामी माघसम्म सार्न सक्ने सम्भावना रहेकाे छ ।

बैठकमा यहि पुस २६ देखि २८ गतेसम्म हुने तय गरिएको महाधिवेशनको तयारी तथा क्रियाशील सदस्यता वितरणमा अलमल भइरहेको विषयमा छलफल जारी रहेकाे हाे। नयाँ क्रियाशील सदस्यता वितरणमा भएको विलम्वका कारण महाधिवेशनकाे कार्यतालिका हेरफेर हुनसक्ने बुझिएको छ।क्रियाशील सदस्यता टुंग्याएर पुस १६ मा वडा अधिवेशन गर्ने कार्यतालिका रहेकाे छ । त्यस्तै, पुस १७ मा पालिका अधिवेशन, पुस १९ मा प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्ने तालिका रहेकाे हाे ।

त्यसैगरी, पुस २१ मा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन, पुस २२ मा दुई वा दुई भन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्ला अधिवेशन, पुस २३ र २४ मा प्रदेश अधिवेशन र पुस २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका रहेकाे थियाे।

Skip This