Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्की र ओलीसहित ३ जना शीर्ष नेतासँग वार्ता गर्दै


1.1k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख ३ राजनीतिक दलका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुनुहुने भएकाे छ।

राष्ट्रपति कार्यालय शीतल निवास स्रोतका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयाेजक पुष्पकमल दाहालसँगको छलफलमा प्रधानमन्त्री कार्की पनि सहभागी हुनुहुने भएकाे हाे।

राष्ट्रपति पौडेलले उनीहरुलाई मंगलबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा छलफलका लागि बोलाउनुभएको हो। छलफलको एजेण्डाबारे राष्ट्रपतिले केही बताउनुभएकाे छैन । कार्की प्रधानमन्त्री बनेपछि शीर्ष नेतासँगको यो पहिलो भेट हुने भएकाे छ।