Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


निर्वाचन सम्बन्धी अध्यादेश राजपत्रमा प्रकाशित (प्रकाशित अध्यादेशसहित)


663
Shares

काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ राजपत्रमा प्रकाशित भएको छ ।

केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेपछि राजपत्रमा प्रकाशित भएको हो। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची १ मा हेरफेर गर्दै सरकारले अध्यादेश जारी गरेको छ। अध्यादेश जारी भएसँगै समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले विभिन्न क्लस्टरमा सिफारिस गर्ने प्रतिशत हेरफेर भएको हाे।

हेरफेर भएको अनुसूची अनुसार राजनीतिक दलले बन्दसूची पेश गर्दा खस आर्यको ३१ दशमलव २ प्रतिशत रहेकोमा करिब एक ० दशमलव ९२ प्रतिशतले घटेर ३० दशमलव ८ प्रतिशतमा झरेको छ । त्यस्तै, मधेशीको १५ दशमलव ३ प्रतिशत रहेकोमा अहिले ० दशमलव ८५ प्रतिशतले बढेर १६ दशमलव १५ पुगेको हाे।

त्यस्तै, आदिवासी जनजातिको २८ दशमलव ७ प्रतिशत रहेकोमा ०।०२ प्रतिशतले बढेर २८दशमलव७२ प्रतिशत पुगेको छ भने दलितको १३दशमलव८ प्रतिशतबाट ०दशमलव३६ घटेर १३ दशमलव ४४ प्रतिशत पुगेको छ । त्यस्तै, थारुको ६ दशमलव ६ प्रतिशत रहेकोमा ० दशमलव ०८ प्रतिशतले घटेको ६ दशमलव ५२ प्रतिशत पुगेको छ। भने मुस्लिमको ४ दशमलव ४ प्रतिशतबाट ० दशमलव ४९ प्रतिशतले बढेर ४ दशमलव ८९ प्रतिशत पुगेको हाे।

अध्यादेश जारी भएसँगै निर्वाचन आयोगले जारी गरिसकेको ‘प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२’ पहिलो संशोधनमार्फत संशोधन समेत गरेको जनाएकाे छ।