Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


परिवर्तन चाहनेसँग मिल्न सभापति पद त्याग गर्न पनि तयार छु: सभापति लामिछाने

'चुनावका लागि मात्रै भए सरी'

1.2k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले परिवर्तन चाहनेहरूलाई एकै ठाउँमा ल्याउन आफू सभापति पद त्याग गर्न तयार रहेको बताउनुभएकाे छ।

रिहा भएलगत्तै शनिबार चितवनमा विशेष सम्बोधन गर्दै मिल्न पर्नेहरूसँग आफूहरू संवादमा रहेको बताउनुभएकाे हाे। उहाँले देशलाई निकास दिनको लागि पार्टी, चुनाव चिह्न, सभापति र उपसभापति सबै दिन तयार रहेको बताउनुभयाे।

सभापति लामिछानेले आफू एउटा चुनावको लागि राजनीतिमा आएको मान्छे नभएकाे समेत बताउनुभयाे। एउटा पुस्ताको लागि आएको बताउदै उहाँले त्याग गर्ने पहिलो लिस्टमा आफूले आफ्नो नाम चढाएको समेत बताउनुभएकाे छ।

Skip This