Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


एमालेका नेता पन्त ओलीकाे प्यानलमा उपाध्यक्षको उम्मेदवार


4.7k
Shares

काठमाडौं। नेकपा एमालेको संस्थापन पक्षबाट नेता प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी नदिएपछि नेता रघुजी पन्तले उहाँको ठाउँ लिनुभउकाे छ।

नेता पन्त संस्थापन पक्षको प्यानलमा उपाध्यक्षको उम्मेदवार बन्नुभएकाे हाे। उपाध्यक्षको आकांक्षी रहेका पन्तलाई यसअघि केपी शर्मा ओलीकाे प्यानलमा केन्द्रीय सदस्य मात्रै राखिएको थियो। त्यसबाट असन्तुष्ट भएर उहाँले उपाध्यक्षमा स्वैच्छिक उम्मेदवारी दिनुभएकाे हाे।

यता, नेता ज्ञवालीले भने उपाध्यक्षमा उठ्न अस्वीकार गर्दै केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएपछि पन्तका लागि ढोका खुलेको हो। संस्थापन पक्षले एक उपाध्यक्षमा पन्तलाई प्यानलमा राख्ने सहमति बनेको स्रोतले जनाएकाे छ।