Logo २६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025


पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते


299
Shares

काठमाडाैं । पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

निस्दी गाउँपालिका-४ चिउरीवासमा शुक्रबार जिप दुर्घटनामा परी ८ जना घाइते भएकाे प्रहरीले बताएकाे हाे। निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप शुक्रबार दुर्घटनामा परेको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाले मृतक ३ जनाको नै पहिचान खुल्न नसकेको जनाएकाे हाे।

घाइतेको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पूर्वी नवलपरासी पठाइएको प्रहरीले बताएकाे छ। साेही दुर्घटनाको कारण भने खुल्न नसकेको कार्यालयले जनाएकाे छ।